बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • गैँडाको मस्कट चितवनलाई उपहार
समाचार

गैँडाको मस्कट चितवनलाई उपहार

काठमाडौं । 

नेकपा (एमाले)को चितवन महाधिवेशनमा निर्माण गरिएको गैँडाको मस्कट चितवनलाई उपहार दिइने भएको छ। महाधिवेशनको उद्घाटनस्थल नारायणी किनारमा रहेको उक्त मस्कट महाधिवेशनपछि त्यहीँ राखिने भएको हो।

विज्ञापन

गैँडाको मस्कटले महाधिवेशन अवधिभर एमालेको झण्डा बोक्ने र त्यसपश्चात् राष्ट्रिय झण्डा बोकेर बस्ने एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रिय झण्डा बोकेर यो एक सिङ्‍गे गैँडा १०औं महाधिवेशनको सम्झना दिलाउने गरी सदासर्वदा यहीँ बसिरहने विश्वास पनि म दिलाउन चाहन्छु,’ उनले भने।

विज्ञापन

 

एमालेले महाधिवेशनको लागि बनाएको आफ्नो लोगोमा पनि गैँडाले झण्डा बोकेको चित्र समावेश छ। त्यसको आलोचना भए पनि एमालेले बेवास्ता गरेर महाधिवेशनको उद्घाटनस्थलमा चित्र स्वरुपकै मस्कट बनाएको थियो।

शुक्रबारदेखि सुरु भएको महाधिवेशन आइतबार सकिँदै छ। महाधिवेशनको बन्द सत्र र मतदान सौराहमा हुनेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस