On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • जनतासँग गरेको वाचा पुरा हुँदै गएको छ : प्रमुख रेनु दाहाल
Breaking News

जनतासँग गरेको वाचा पुरा हुँदै गएको छ : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष ०८०÷८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पुरा हुँदै गएको बताउनुभएको छ । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल विस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिजकडो कामले गति लिएको बताउनुभयो ।
यसमध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गर्नुभयो । ल्याण्डफिल साईटको अहिले डिपिआर र ईआईएको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ विघा क्षेत्रफलमा ल्याण्डफिल साईड निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर ३ को नगर वन नजिकै फोहरलाई डम्पपिङ गरिरहेको छ ।

मंगलबार भरतपुर १४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।
सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए ।
प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो । महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट निर्माण गर्ने कार्यलाई प्राथामिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

विज्ञापन

भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भएपनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको प्रष्ट पार्नुभयो । भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरेपनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगमी कार्यदिशा तय गर्ने पनि उल्लेख गर्नुभयो ।
यसैबिच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ ।
महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव ०८०÷८१ का लागि रु ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु २ अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ ।
महानगरले चालु बजेटतर्फ रु २ अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा रु १ अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो ।
यस्तै पुँजीगत बजेटतर्फ ३ अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो ।
महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत खर्च कम देखिएको बताउनुभयो । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस