आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • Breaking News
  • आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाईंदै
Breaking News

आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाईंदै

काठमाडौं । आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ ।महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ ।महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस