शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रवास
  • दक्षिण कोरियामा अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने
प्रवास

दक्षिण कोरियामा अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

काठमाडौं । दक्षिण कोरियाको सरकारले हप्तामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्याउने भएको छ । कोरियाली सरकारले हिजो प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई हप्ताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको एएफपीले जनाएको छ । यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो ।

सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई रोजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस