शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रवास
  • चितवनको सेन्ट्रल कलेजले खोल्यो जापानमा पनि आफ्नो कार्यालय
प्रवास

चितवनको सेन्ट्रल कलेजले खोल्यो जापानमा पनि आफ्नो कार्यालय

चितवन । शैक्षिक परामर्शदाताको रुपमा स्थापित संस्था सेन्ट्रल कलेज चितवनले जापानमा पनि आफ्नो कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नो जापान कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न सुरु गरेको हो ।

नेपाल भित्र रहेर विद्यार्थीलाई दिइरहेको सेवा विस्तार गर्दै जापानमा पनि सेन्ट्रल कलेज जापानको नाममा दर्ता गरेर कार्यालय सञ्चालनमा ल्याएको कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले जापान सरकारको ऐन नियममा रहेर प्राइभेट कम्पनी दर्ता गरेर मुख्य ठाँउ (नागोया एकी) मा नै कार्यालय सञ्चालनमा ल्याएको बताउनुभयो । ‘अब जापानमा रहेका विद्यार्थीहरुलाई आबश्यक सहयोग सेन्ट्रल कलेज जापान मार्फत हुनेछ,उहाँले भन्नुभयो’,विद्यार्थीलाई परेका समस्या समाधान, पार्ट टाइम जब, त्यहाँका नीति नियम र कानुनी समस्याहरुलाई समाधान गर्ने उदेश्य लिएका छौं ।’ उहाँका अनुसार सेन्ट्रल कलेज मार्फत जापान गएका र जापानमा रहेका अन्य विद्यार्थीहरुले पनि त्यहाँबाट सेवा लिन सक्नेछन ।

विज्ञापन

सेन्ट्रल कलेज जापानको अध्यक्षमा जापानिज नागरिक मिचुई योसिकी, म्यानेजिङ डाइरेक्टर यज्ञ विलाश (बाइबी) पौडेल र मार्केटिङ डाइरेक्टर प्रभात सिग्देल रहेन गरी कम्पनी दर्ता गरेर काम सुरु गरिएको हो ।

विज्ञापन

‘भाषा पढेपछि कलेज अथवा युनिभर्सिटीमा भर्ना गर्न आवश्यक सहजिकरण सेन्ट्रल कलेज जापानले गर्नेछ,अध्ययनमा गएका विद्यार्थीहरुले वर्किङ्ग,भिजिट,डिपेन्डेन्ट लगायतका भिजा प्रोसेसिङका लागि पनि सेन्ट्रल कलेजले सहजिकरण गर्नेछ’,पौडेलले भन्नुभयो ।’ जापानमा कार्यालय स्थापना पछि यहाँबाट विद्यार्थीको चाहाना अनुसारका कलेज,युनिभर्सिटी तथा सहरमा विद्यार्थी पठाउनका लागि थप सहयोग पुग्ने उहाँको विश्वास छ । सेन्ट्रल कलेजले सयौं विद्यार्थी जापान पठाउन सफल भइसकेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस