शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • ललिता निवास प्रकरणको अनुसन्धानमा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर सोध्नुपर्दैन, गो अहेडः मन्त्री श्रेष्ठ
Breaking News

ललिता निवास प्रकरणको अनुसन्धानमा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर सोध्नुपर्दैन, गो अहेडः मन्त्री श्रेष्ठ

काठमाडौं।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानको क्रममा प्रहरीले कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

आज काठमाडौंको एक कार्यक्रममा मन्त्री श्रेष्ठले बोल्दै जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा प्रहरीले कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने बताएका हुन् ।
उनले सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् ।
अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिइएको उनले जानकारी दिए ।

 

‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस