शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन, प्रधानमन्त्रीद्वारा पुरस्कार दिने घोषणा
Breaking News

क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन, प्रधानमन्त्रीद्वारा पुरस्कार दिने घोषणा

काठमाडौँ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशंसा गरेका छन् ।

उनले उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल नेपाली टिमलाई बधाई ज्ञापन गरेका छन् । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने घोषण गरेका छन् ।

विज्ञापन

प्रचण्डले ट्वीटरमा भनेका छन्, ‘काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु’अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु।’

विज्ञापन

नेपालले पहिलो र तेस्रो खेलमा नामिबिया, दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस