On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राष्ट्रको अधोगतिमा मौन रहन सकिन्नः पूर्वराजा ज्ञानेन्द्र शाह
समाचार

राष्ट्रको अधोगतिमा मौन रहन सकिन्नः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति मौन रहन नसक्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा चिरा पर्न थालेको उल्लेख गरेका छन्। अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्थाबीच आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने प्रस्ताव ज्ञानेन्द्रले राखेका छन्।

विज्ञापन

देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको संवद्र्धन गर्ने गराउने ध्येय नै मूल मान्यताको रूपमा स्थापित गर्न ज्ञानेन्द्रले अपिल गरेका छन्। जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौं दशक पुगेको छ। यसका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षा गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

विज्ञापन

उनले ऐतिहासिक क्षणको विस्तारित एवं यथार्थपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको बताए। नेपालको राजपरम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी र विकासमुखी रही आएको जिकिर ज्ञानेन्द्रले गरेका छन्। विविधतापूर्ण नेपाललाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको उनले उल्लेख गरेका छन्। युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढेको ज्ञानेन्द्रले उल्लेख गरेका छन्।

विगत बीस वर्षमा लाखौँ युवाहरू विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुबै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यका लागि राष्ट्रिय बहस जरुरी भइसकेको उनले चर्चा गरेका छन्। राजनीतिक तथा सामाजिक रूपले दबाव दिन सक्ने युवाशक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको ज्ञानेन्द्रले स्पष्ट पारेका छन्।

कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपाली अहिले निराश रहेका भन्दै ज्ञानेन्द्रले देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य भएको बताएका छन्। राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिदै तेहरिदै आएपनि वा फेरिदै बदलिदै गए पनि विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन नसकेको उनले सन्देशमा लेखेका छन्।

देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेको र कार्यकर्ताहरूमा राजनीतिक छत्रछायाँ नभई जीवनमा केही गर्न सकिन्न भन्ने मनोभाव विकसित गरिएको उनले चर्चा गरेका छन्। प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभास भएको उनले उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस