शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ग्यास सिलिण्डर विस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते, आइसीयुमा उपचार हुँदै
समाचार

ग्यास सिलिण्डर विस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते, आइसीयुमा उपचार हुँदै

खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरस्थित निवासमा बुधवार राति ग्यास सिलिण्डर विस्फोट भएको थियो ।

विस्फोटमा भण्डारीकी आमा समेत घाइते भएकी छिन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपूरस्थित बर्न सेन्टरमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भण्डारीको शरीरको केही भाग जलेको डाक्टरहरुले बताएका छन् । आमाको भने झण्डै ७० प्रतिशत शरीर जलेको छ ।

विज्ञापन

‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ l अस्पतालबाट भर्खर फर्किएको छु l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु’​ कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

विज्ञापन

बुधवार मात्र भण्डारीले प्रतिनिधि सभाको विशेष समयमा माफीयाले देश समाप्त पार्न लागे भन्दै जनताको पक्षमा बोलेका थिए । भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस