आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • बिरामी भएँ भने उपचार गराउने पैसा छैन, घर दान गरिसकेँ: ओली
समाचार

बिरामी भएँ भने उपचार गराउने पैसा छैन, घर दान गरिसकेँ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्।

आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले बताए।

विज्ञापन

‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ काठमाडौंमा आज बिहान आयोजित एक कार्यक्रममा ओलीले भने, ‘म देशका लागि समर्पित छु।’

विज्ञापन

उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ।

‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’

उनले सांसद भएकोले केही पैसा भने आउने बताए।

‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्‍या बेच्न मिल्दैन,’ ओलीले भने।

उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए।

‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ११ घन्टा अगाडि

भर्खरै

सिफारिस