On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रौतहटको प्रारम्भिक रुझान : प्रभु साहको साथले चलेन सूर्यको ‘जादू’
समाचार

रौतहटको प्रारम्भिक रुझान : प्रभु साहको साथले चलेन सूर्यको ‘जादू’

रामबहादुर थापा (बादल) टोपबहादुर रायमाझी, लेखराज भट्टजस्ता माओवादी पृष्ठभूमिका नेताहरु एमालेमा रहे पनि अध्यक्ष केपी शर्मा ओलीले धेरै सुनुवाइ गर्ने माओवादी पृष्ठभूमिका नेता हुन्– प्रभु साह।

२०७४ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कमजोर रहेको मधेश प्रदेशमा एमालेको बृहत्तर प्रदर्शनमा उपयोगी हुने मात्र होइन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई गृहजिल्ला रौतहटमै चुनौती दिन उपयोगी हुने ठानेर अध्यक्ष ओलीले एमालेमा रहेका अन्य माओवादी पृष्ठभूमिका नेतालाई भन्दा साहलाई बढी महत्व दिँदै चर्चा एमालेभित्र चल्ने गर्छ।

विज्ञापन

तर, स्थानीय तह निर्वाचनको जारी मतगणनाको प्रारम्भिक रुझानले न रौतहटमा एमालेले बृहत्तर प्रदर्शन गरेको देखिएको छ, न त उनको रौतहटमा माधव नेपालको प्रभावलाई कमजोर पार्न सकेको गरेको छ।

विज्ञापन

एमालेमा प्रभु शाहको उपस्थितिका बाबजुद रौतहटमा एकीकृत समाजवादी र माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक मतगणनामा एमाले फेरि पनि रौतहटमा कमजोर देखिएको छ।

रौतहटमा १८ वटा पालिकामध्ये ११ वटा पालिकामा गणना सुरु भएको छैन। प्रभु साहकी पत्नी रीनाकुमारी शाह मेयरको उम्मेदवार रहेको उनको गृहनगर मौलापुरमा पनि मतगणना सुरु नभएको पालिकामध्येमा पर्छ।

मतगणना सुरु नभएका पालिकाहरुमा कटरिया नपा, गरुढा नपा, देवाही गोनाही नपा, फतुवा विजयपुर नपा, बौधिमाई गापा, यमुनामाई गापा र वृन्दावन नपा छन्।

मतगणना सुरु भएका ७ पालिकाको प्रारम्भिक मत परिणामले प्रभु साहको एमाले प्रवेशबाट ‘सूर्य’को जादू चल्न सकेको देखिएको छैन।

प्रारम्भिक मतगणनामा एकीकृत समाजवादी र माओवादी केन्द्र २–२ पालिका र नेपाली कांग्रेस, राजपा र लोसपाले १–१ पालिकामा प्रारम्भिक अग्रता हासिल गरेको देखिएको छ।

जिल्लाको इशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी ५ सय ८० मतका साथ अग्रस्थानमा छ। एमालेका सन्तोषकुमार मेहता ४ सय ७६ मतका साथ तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवारको यहाँ दोस्रो धेरै मत छ।
मतगणना सुरु भएको अर्काे गुजारा नगरपालिकामा जसपाका उम्मेदवारले ४ सय २१ मतका साथ अग्रता लिएका छन्। यहाँ एमाले ७७ मतका साथ चौथो स्थानमा छ। दोस्रो स्थानमा एकीकृत समाजवादी छ। एकीकृत समाजवादीका उम्मेदवारले २ सय ३९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार छन्।

जिल्ला सदरमुकाम रहेको गौर नगरपालिकामा भने जम्मा १७ मतका साथ एमाले चौथो स्थानमा पुग्दा नेपाल नेतृत्वको एकीकृत समाजवादीका मेयरका उम्मेदवारले निकै ठूलो मतान्तरका साथ अग्रता लिएका छन्। सो पार्टीका शम्भु शाहले १ हजार ५ सय ५० मतका साथ अग्रता हासिल गर्दा लोसपा उम्मेदवारले ४ सय १० र कांग्रेस उम्मेदवारले ३ सय १७ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि यहाँ एकीकृत समाजवादीकै उम्मेदवारको अग्रता छ।

चन्द्रपुर नगरपालिकामा पनि एमाले उम्मेदवार चौथो स्थानमा छन्। ३ हजार ४० मतका साथ कांग्रेसका मेयरका उम्मेदवारले अग्रता लिएको यो नगरपालिकामा २ हजार ४ सय ४६ मतका साथ माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २ सय ५९ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका एमाले उमेदवारले ७ सय ४२ मत मात्र प्राप्त गरेका छन्।

दुर्गाभवानी गाउँपालिकामा भने माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। माआवादी केन्द्रका उम्मेदवारले ६ सय ४३ मतका साथ अग्रता हासिल गर्दा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारले ३ सय ९० मत प्राप्त गरेका छन्।
परोहा नगरपालिकामा कांग्रेस उम्मेदवारले २ सय ७१ मत प्राप्त गरी सुरुवाती अग्रता हासिल गर्दा एमाले उम्मेदवार १ सय १९ मत सहित दोस्रो स्थानमा छन्।

राजदेवी नगरपालिकामा पनि एकीकृत समाजवादीले सुरुवाती अग्रता हासिल गरेको छ। सो पार्टीका मेयरका उम्मेदवारले यहाँ २ सय २६ मत सहित अग्रता हासिल गर्दा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारले ८४ र तेस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ५४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि यहाँ एकीकृत समाजवादीकै अग्रता छ।

राजपुर गाउँपालिकामा पनि एमालेको सुरुवाती प्रदर्शन राम्रो छैन । यो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन्। माओवादी केन्द्रका उम्मेदवारले ४ सय ९८ मत प्राप्त गर्दा जसपा (१ सय १६ मत) र कांग्रेस (९६ मत) तेस्रो स्थानमा छन्। यहाँ ७७ मतका साथ एमाले उम्मेदवार चौथो स्थानमा छन्।

११ पालिकामा अझै मतगणना सुरु नभएकाले अन्य पालिकामा एमालेको स्थिति के हुन्छ, भन्न सकिने स्थिति छैन । मतगणनाको प्रारम्भिक रुझानले भने जिल्लामा साहको पार्टी प्रवेशबाट एमालेले जादू चलाउन सकेको देखिएको छैन।नेपाल खबर

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस