आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • काँग्रेस कार्यकर्ताले घर घेरेर धम्की दिएको शान्ता चौधरीको आरोप
समाचार

काँग्रेस कार्यकर्ताले घर घेरेर धम्की दिएको शान्ता चौधरीको आरोप

Renu Dahal

नेकपा एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले आफ्नो घर घेरेको बताएकी छन् । उनले दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको बताएकी हुन् । ‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन् यतिबेला’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले भने यसबारे बुझ्ने कार्य भइरहेको बताएकी छन् । बुधबार बुटवलमा बम विस्फोट भएको छ भने देशका विभिन्न स्थानमा मौन अवधिका क्रममा अशान्त वातावरण बनेको खबर प्राप्त भइरहेका छन् । निर्वाचन आयोगले गए रातिदेखि लागू हुनेगरी मौन अवधि लागू गरेको थियो ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस