आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मतदान गर्न नपाउँदा चित्त दुखाउँदै केकीले भनिन्, ‘आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला’
समाचार

मतदान गर्न नपाउँदा चित्त दुखाउँदै केकीले भनिन्, ‘आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला’

काठमाडौं।

 

विज्ञापन

नायिका केकी अधिकारीले आफ्नो मताधिकारको सही प्रयोग गर्न अपिल गरेकी छन्।

विज्ञापन

 

देशबाहिर हुँदा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न नपाएकोमा चित्त दुखाउँदै नायिका अधिकारीले आम मतदातालाई बहुमूल्य भोटको मूल्य बुझेर निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्ने अपिल गरेकी हुन्।

‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ। काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन,’ उनले भनेकी छन्।

मतदाताले आफ्नो एक भोटको मूल्य पक्कै बुझेको भन्दै केकीले मताधिकारको सही प्रयोग तथा शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने उल्लेख गरेकी छन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस