On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो महानगरको अभियानले सफलता पाउंँदै
समाचार

‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो महानगरको अभियानले सफलता पाउंँदै

भरतपुर ।
भरतपुर महानगरपालिकाका मुख्य चोकहरुमा हाईमास्ट प्रविधिको सडक वत्ती जडान कार्य जारी छ । महानगरको मुख्य चोकहरु केन्द्रिय बस टर्मिनल, चौबिसकोठी, क्याम्पस गेट, पुल चोकमा वत्ति बलिसकेको छ। आँपटारी, मालपोत चोक, पोखरा बसपार्क र शहिदचोकमा आज साँझ सम्ममा बत्ति वाल्ने तयारी महानगरको छ ।

नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ति प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आउनु भएका शिशिर लम्सालका अनुसार १६ मिटर अग्लो पोलमा आठ वटा बत्ती जडान गरीएको छ । २ सय वाटका ती बत्ती दुई तर्फ फर्काउन सकिने प्रकृतिका छन् । एक स्थानमा बत्ती जडान गर्नका लागि रु ९ लाख १० हजार खर्च भएको उहाँले बताउनुभयो । यस्तै महानगरका अन्य चोक र बजारमा समेत साना खालको हाईमास्ट बत्ती जडान गरिने उहाँले जानकारी दिनुभयो । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।

विज्ञापन

अहिले सडक बत्तीका लागि ८० प्रतिशत पोल गाड्ने र तार टाँङ्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यस अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९ सय ३३ वटा बत्ति जडान गरिने छ । भरतपुर महानगरपालिकाको शुक्रनगरबाट काम थालिएको हो । मूल्य अभिबृद्धि कर सहित रु ११ करोड ४९ लाख ८९ हजार ३ सयमा ठेक्का सम्झौता भए संगै सेफ स्टिल÷सूर्योदय उर्जा÷टपसन जेभि कम्पनीले काम गरिरहेका छन् ।

विज्ञापन

महानगरपालिकालाई सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन उज्यालो शहर अभियान सञ्चालन गरेको हो । निवर्तमान भ महानगर प्रमुख रेनु दाहालको सक्रियतामा यो काम सुरु भएको थियो । यी बत्ती जडानको काम सकिए संगै महानगरका मुख्य शहर र चोकहरुमा हुन सक्ने घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिईएको छ । बाँकी सडकहरुलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाउने महानगरको योजना रहेको छ । लामो समय देखिको गृहकार्य र पहल कदमीका कारण काम हुन सकेको दाहालले बताउनुभयो ।

अन्य प्रमुख सडकहरुको समेत सर्भे गरेर प्राधिकरणमा पठाईएको छ । विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले उज्यालो सहर अभियान मार्फत महानगरमा रातको समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडानले महत्वपूर्ण काम गरेको बताउनुहुन्छ । हाकिम चोक–गितानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोठी देखि मेघौलीसम्म २३ दशमलब ८ किलोमिटर सडकखण्डमा ५६९, मंगलपुर देखि शुक्रनगर सम्मको २२ दशमलब १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बंगलासम्मको २ दशमलब ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडक बत्ती जडान हुने छ ।

दियालोबंगला देखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किलोमिटर सडक खण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किलोमिटर सडक खण्डमा ५० बत्ति र विरेन्द्र क्याम्पस चोकदेखि बिशालचोकसम्मको १ दशमलब २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस