आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ६५ वर्ष माथिकालाई वृद्धभत्ता दिन्छौं : शेरबहादुर देउवा
समाचार

६५ वर्ष माथिकालाई वृद्धभत्ता दिन्छौं : शेरबहादुर देउवा

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिइने बताएका छन्।

पहिले आफू प्रधानमन्त्री हुँदा पनि यो योजना लागू गर्न खोजेको तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि योजना अघि नबढेको देउवाले बताए।

विज्ञापन

‘अब फेरि हाम्रो सरकार बन्यो भने ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने व्यवस्था गर्छौं,’ विराटनगरमा कांग्रेसले गरेको चुनावी सभामा देउवाले भने, ‘पहिले प्रधानमन्त्री हुँदा पनि यो योजना ल्याएको हो तर केपी ओलीजी मान्नुभएन।’

विज्ञापन

उनले सत्तागठबन्धनलाई जिताएका खण्डमा अब बन्ने सरकारले ६५ वर्षमाथिका नागरिकलाई वृद्ध भत्ता दिने देउवाको भनाइ थियो। अहिले सरकारले ७० वर्षमाथिकालाई वृद्धभत्ता दिने गरेको छ।

उनले स्थानीय, प्रदेश र संघीय चुनावमा पनि जिताउन आग्रह गरेका थिए।

देउवाले सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए।

केही चित्त नबुझे पनि धोका नदिन उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस