On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • सर्वाधिक आकर्षक नेपाली महिला सेलिब्रेटीहरु ।
मनोरञ्जन

सर्वाधिक आकर्षक नेपाली महिला सेलिब्रेटीहरु ।

सर्बाधिक आकर्षक महिला-पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने कुनै वस्तुवादी एवं वैज्ञानिक मापदण्ड छैन । र यसरी आकर्षक महिला र पुरुष खोजी सजिलो काम पनि होइन । कसैलाई कसैको अनुहार मनपर्छ त कसैलाई कसैको शारिरिक बनावट ।

कसैलाई कसैको आँखा मनपर्छ त कसैलाई कसैको ओठ मनपर्छ । कतिपय चकलेटी अनुहारमा फिदा भैरहेका हुन्छन् त कोही अनुहारको वनावट, रंगमा फिदा भैरहेका हुन्छन् । कसैलाई बौद्धिक सुन्दरताले लोभ्याइरहेको हुन्छ । त कसैलाई उनिहरुको बानी ब्यबहारले लोभ्याईरहेको हुन्छ ।

विज्ञापन

त्यसैले आकर्षक महिला-पुरुष छनोट गर्न सजिलो छैन । संसारभर फरक-फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला-पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षण महिला–पुरुष छनौटमा प्राय:जसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् ।

विज्ञापन

१. श्रृंखला खतिवडा – श्रृंखला खतिवडा मिस नेपाल वर्ल्ड–२०१८ उपाधि जितेदेखि नै चर्चामा छिन् । उनी सौन्दर्यको सबैभन्दा ठूलो प्रतिस्पर्धा मिस वर्ल्डमा एसिया एवं ओसियाना क्षेत्रबाट टप १२ मा मात्र पुगिनन्, ‘ब्युटी विद पर्पस’ तथा ‘मल्टीमिडिया’ एवार्ड समेत हात पार्न सफल भइन् ।

हेटौंडामा जन्मिएकी श्रृंखला आर्किटेक्ट इन्जिनियर हुन् । ५ फिट ६ इन्च अग्ली श्रृंखलाको सौन्दर्य, बौद्धिकता तथा आकर्षक छविले धेरैलाई मोहित तुल्याउने गरेको छ ।

२. मलिका महत – पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ‘यात्रा: द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् ।

भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् । बढ्दो उमेरमा अद्धितीय सुन्दरता र मोहनी लगाउने मुस्कानले मलिका महतलाई अझ खास बनाएको छ ।

३. उपासना सिंह ठकुरी – नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे । चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले निकै चर्चा कमाएकाे थियाे । ५ फिट ६ ईन्च अग्ली उपासना आन्तरिक सौन्दर्य पनि प्रभावशाली छ ।

४. प्रियंका कार्की – सन् २००५ मा मिस टिनको उपाधि जितेपछि चर्चामा आएकी प्रियंकाको छवि ‘भर्सटाइल’ छ । जबरजस्त स्टारडम र आकर्षण लुक्स प्रियंका कार्कीका खास आकर्षण हुन् । ‘मेरो ‘ब्रेस्ट फ्रेन्ड’मार्फत चलचित्र उद्योगमा भित्रिएकी प्रियंका कुनै समयकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् ।

युनिभर्सिटी अफ नर्थ एलाबा (अमेरिका)बाट फिल्म मेकिङमा स्नातक गरेकी प्रियंका भिजे, कार्यक्रम प्रस्तोता, प्रोड्युसर, कोरियोग्राफर, गायिका, मोडल तथा डान्सर पनि हुन् ।

५. मेलिना राई – ‘मेलोडियस स्टार’ मेलिना राईले आधुनिक तथा पाश्र्व गायनमा अलग पहिचान बनाएकी छिन् । मोरङमा जन्मिएकी २६ वर्षीया मेलिना संगीतकार पिताकी पुत्री हुन् । ११ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी मेलिनाले अहिलेसम्म १२ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेकी छिन् ।

उनका दर्जर्नौ गीत सुपर–डुपर हिट छन् । ‘नोभेम्बर रेन’बाट चलचित्रमा पाश्र्व गायन थालेकी ५ फिट अग्ली मेलिना शारीरिक रूपमा पनि उतिकै सुन्दर छिन् । अंग्रेजीमा स्नातक यी सुन्दर गायिका लाखौंको मनमस्तिष्कमा राज गर्न सफल छिन् ।

६. आँचल शर्मा – गोरो अनुहार तथा आकर्षक जिउडालकी आँचल शर्मा पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन् । सन् २०१६ मा ‘नाइ न भन्नु ल–४’ बाट सिने नगरीमा डेब्यु गरेकी आँचल सन् २०१५ की मिस प्लस टु पनि हुन् ।

शर्माले अहिलेसम्म ५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । काठमाडौं चावहिलकी २१ वर्षीया आँचल ५ फिट ५ इन्च अग्ली छिन् । खानपिनकी सौखिन आँचलले सोसल वर्कमा स्नातक गरेकी हुन् ।

७. नम्रता श्रेष्ठ – क्युट लुक तथा अब्बल अभिनय क्षमता नम्रता श्रेष्ठका मुख्य विशेषता हुन् । थिएटर तथा म्युजिक भिडियो हुँदै सुपरहिट चलचित्र ‘सानो संसार’मार्फत रजतपटमा आएकी नम्रताको आन्तरिक सौन्दर्य पनि प्रभावशाली छ ।

चलचित्रमा प्राय: लभरगर्लका रूपमा प्रस्तुत हुने नम्रता धेरै आधुनिक युवाहरूकी ड्रिम गर्ल हुन् । उम्दा अभिनय क्षमताकी नम्रताले प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कारसमेत हात पारिसकेकी छिन् ।

८. अदिती बुढाथोकी – अदिती बुढाथोकीको ‘ग्ल्यामरस लुक्स’को पर्याप्त चर्चा हुन्छ । ‘बोल्ड एन्ड ब्युटिफुल’ देखिनु उनको मुख्य विशेषता हो । मुम्बईमा बसेर बलिउड तथा दक्षिण भारतीय चलचित्रमा अवसरको खोजी गरिरहेकी यी २६ वर्षीया सुन्दरीले केही हिन्दी गीतका म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

झापा, दमक पुख्र्यौली घर भएकी अदिती ५ फिट ५ इन्च अग्ली छन् । फेसन डिजाइनर आमाकी छोरी भएकाले पनि होला अदितीमा गजबको फेसन सेन्स छ । फिट रहन जिम तथा योग गर्ने अदिती भेजिटिरियन हुन् । सामाजिक सन्जालमा पनि उत्तिकै लोकप्रिय अदितीले ‘कृ’ बाट चलचित्र उद्योगमा डेब्यु गरेकी थिइन् ।

९. इन्दिरा जोशी – इन्दिरा जोशी पप गायनमा सर्वाधिक रुचाइएको नाम हो । स्टेजमा प्रस्तुत हुने आकर्षक शैलीका कारण ‘स्टेज क्वीन’को उपाधि पाएकी जोशी गायन रियालिटी शो नेपाल आइडलकी निर्णायक पनि हुन् ।

आकर्षण जीउडालकी धनी नवलपरासीकी इन्दिरा पप, आधुनिक मात्र होइन, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै सफल मानिन्छन् । ५ फिट ७ इन्च अग्ली जोशी गायन रियालिटी शो ‘नेपाली तारा’ मार्फत गायन संसारमा भित्रिएकी हुन् ।

१०. सृष्टि श्रेष्ठ – आकर्षक शारीरिक बनावटकी सृष्टि श्रेष्ठले ‘गाजलु’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । श्रेष्ठ चितवनमा जन्मिएकी हुन् ।

सन् २०१२ की नेपाल सुन्दरी सृष्टि बलिउड अनप्लगड म्युजिक भिडियो ‘कभी जो बादल बरसे…’ गीतमा अभिनय गरेपछि थप चर्चामा आएकी थिइन । सेक्सी फिगर तथा ओठको विशेष आकर्षणका कारण यी २९ वर्षीया सुन्दरी धेरैको रोजाइमा पर्छिन् ।

११. साम्राज्ञी राज्यलक्ष्मी शाह – चार वर्षमै जबरजस्त स्डारडम हासिल गर्ने अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले सन् २०१६ मा चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी थिइन् । डेब्यु चलचित्रबाटै उनको सुन्दरता र उम्दा अभिनयको चर्चा सुरु भयो ।

साम्राज्ञी वीरगन्जमा जन्मिएकी हुन् । आफ्नो सेक्सी फिगर, आकर्षक लुक्स, आम युवतीभन्दा पृथक र सौम्य उपस्थितिका कारण उनी युवाहरूमाझ ड्रिम गर्लको छवि बनाउन सफल छिन् । (साप्ताहिक, विकिपेडिया, बायोफेमसको सहयोगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस