शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • वर्षा सिवाकोटी : न फ्लप न हिट
समाचार

वर्षा सिवाकोटी : न फ्लप न हिट

नायिका वर्षा सिवाकोटी आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नेपालमा रहँदा फ्यान, आफन्त, मिडियासँग जन्मदिन मनाएकी वर्षा यतिबेला भने अमेरिकामा छिन् । पारिवारिक भ्रमण भन्दै अमेरिका पुगेकी वर्षा केही दिनमा नेपाल फर्किने तयारीमा छिन् ।

नायिका सिवाकोटीको फिल्म करिअर ‘नाई नभन्नु ल २’बाट सुरु भएको हो । यो फिल्म हिट भएपछि वर्षाको करिअर पनि सुखद तरिकाबाट नै सुरु भयो ।

विज्ञापन

तर, यसपछि वर्षाका लागि फिल्मको यात्रा सुखद हुन सकेको छैन । वर्षाको हातमा फिल्मको अभाव छैन । तर, फिल्मको अभाव नभएपनि उनी नेपाली फिल्मकी चलेकी नायिका भने बन्न सकेकी छैनन् । वर्षा न त हिट छिन्, न त फ्लप नै छिन् । उनले काम पनि पाइरहेकी छिन्, तर उनको कामले अन्य केही नायिकाको जस्तो चर्चा भने पाउँदैन ।

विज्ञापन

बरु, वर्षा आफ्नो प्रेम जीवनका कारण बढी चर्चामा रहन्छिन् । पछिल्लो समय राज कटुवालसँग प्रेम र ब्रेकअपका कारण वर्षा चर्चामा छिन् । वर्षा बेलाबखल गर्ने फोटोसुटका कारण पनि चर्चामा रहन्छिन् ।

नेपाली फिल्म क्षेत्रमा वर्षालाई वैकल्पिक नायिकाको रुपमा हेर्ने गरिन्छ । वर्षा लामो समयदेखि हिट फिल्मको खोजीमा छिन् । तर, उनको स्टारडमका कारण फिल्मलाई फाइदा भने भएको छैन ।

अमेरिकामा रहेर जन्मदिन मनाइरहेकी नायिका सिवाकोटीलाई धेरै धेरै शुभकामना ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस