सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास
समाचार

भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास

भरतपुर । भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भवनको शिलान्यास गरेका हुन् ।

अहिलेको प्रशासनिक भवन भएको ठाउँ नजिकै नयाँ भवन बनाइने भएको छ । सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवनको कुल लागत ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ रहेको छ । आगामी साढे दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विज्ञापन

प्रशासनिक भवनको लागि प्रदेश सरकारले सम्झौता रकमको ५० प्रतिशत स्रोत सुनिश्चितता गरेको प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले बताए । अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको सुनिश्चितता भएको उनले बताए ।

विज्ञापन

अपुग रकम महानगरले व्यहोर्ने उनले बताए । १४ हजार १५२ वर्गमिटर क्षेत्रफलको हुने भवनमा दुई वटा लिफ्ट, ज्येष्ठ नागरिक प्रतिक्षालय कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष र सभाहल निर्माण हुने उनको भनाइ छ । भवन अपांगमैंत्री, प्रविधिमैंत्री र सेवाग्राहीमैंत्री हुने उनी बताउँछन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस