सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पल शाहसँग जोडेर चलचित्र क्षेत्रकाे बदनाम नगर्न चलचित्र कलाकार संघले आग्रह
समाचार

पल शाहसँग जोडेर चलचित्र क्षेत्रकाे बदनाम नगर्न चलचित्र कलाकार संघले आग्रह

काठमाडौं । नायक पल शाहको विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न नेपाल चलचित्र कलाकार संघले आग्रह गरेको छ । व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक–फरक पाटो भएकोभन्दै व्यक्तिको निजी विषयलाई लिएर पेशा र व्यवसाययलाई आक्षेप लगाउन नहुने संघले आग्रह गरेको छ ।

“हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकायमार्फत निक्र्यौल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिन्छ । त्यसैले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लान्छना लगाई वादबिवाद सिर्जना गर्नु तथा एक आपसमा लान्छना लगाउनु दुःखद रहेको हाम्रो ठहर छ,” संघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक फरक कुरा हुन् । व्यक्तिको विषयलाई लिएर पेशा र व्यवसायलाई नै आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक छ ।”

विज्ञापन

चलचित्रमा कलाकार मात्र नभई अरू पेशाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुने भन्दै संघले चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र, पेशा र व्यवयलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउन र दुष्प्रचार गर्ने क्रियाकलाप नगर्न संघका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले आग्रह गरेका छन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस