शनिबार, साउन १२, २०८१
  • होमपेज
  • रोचक
  • साउदीमा ४५ सय वर्ष पुरानो राजमार्ग फेला
रोचक

साउदीमा ४५ सय वर्ष पुरानो राजमार्ग फेला

दुवई । 

पुरातत्वविद्हरुले ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका छन् । अष्ट्रेलियाका पुरातत्वविद्हरुले साउदी अरेवियामा ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका हुन् । वेस्टर्न अष्ट्रेलियाको विश्वविद्यालयका अन्वेषक एवम् पुरातत्वविद्हरुले लामो र फराकिलो अनुसन्धानपछि सो राजमार्ग फेला पारेका हुन् ।

विज्ञापन

सो राजमार्ग संरक्षित रुपमा राखिएको प्राचिन चिहानसँग जोडिएको अन्वेषकहरुले बताएका छन् । यसअघि गएको डिसेम्बरमा प्रकाशित एक जर्नलमा अन्वेषकहरुले उत्तर पश्चिमी अरबिया क्षेत्र अल उलामा प्राचीन चिहानहरु फेला पारेको उल्लेख गरेका थिए ।

विज्ञापन

हाल भने सो चिहानहरुसँग जोडिएको खयबर क्षेत्रमा करिब ४५ सय वर्ष पुरानो राजमार्ग फेला परेको अन्वेषकहरुले बताएका छन् । सो क्षेत्रमा आफूहरुले करिब १८ हजार वटा प्राचीन चिहानहरु फेला पारेको पुरातत्वविद्हरुले दाबी गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस