चितवन।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाउन माओवादी तयार रहेको जनतामा सन्देश पुर्याउनुपर्ने बताएका छन्। चितवनको रत्ननगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको वाहक माओवादी भएको बताएका हुन्। उनले भने,‘प्रतिगामी तत्व अगाडि बढ्दै गए भने, हामी फेरि विद्रोहको झण्डा उठाउन तयार छौं।’
विज्ञापन
प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको जनतामा सन्देश फैलाउन कार्यकर्तालाई निर्देशन दिए। प्रचण्डले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्यो भने पार्टीलाई फेरि जाति विशेष, विचार विशेष पार्टी बनाउन सकिने दाबी गरे। उनले भने, ‘हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु हामीले भन्न सक्नुपर्छ।’
उनले प्रतिगमनकारीलाई परास्त गरेपछि फेरि जनतामा आशा र भरोसा पैदा हुन थालेको बताए। उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए। उनले भने,‘ तीनै तहको एकैचोटी गर्ने प्रस्ताव मैले गरेको छु। नभए संघको पहिले, वा संघ र प्रदेश सँगसँगै र स्थानीय तह त्यसपछि गर्ने भन्ने प्रस्ताव पनि गरेको छु। निर्वाचन आयोगसँगको सल्लाहपछि केहि दिनमा नै टुंगो लाग्छ।’
फेसबुक प्रतिक्रियाहरु