सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशन प्रतिनिधिमा वडाध्यक्षसंग पराजित भए पूर्व मन्त्री हिरा थापा
समाचार

एमाले महाधिवेशन प्रतिनिधिमा वडाध्यक्षसंग पराजित भए पूर्व मन्त्री हिरा थापा

काठमाडौं ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्।

विज्ञापन

झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश खबाट सांसदसमेत रहेका हिरा थापा पराजित भएका हुन्।

विज्ञापन

उनी १ नम्बर प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री हुन्।

थापालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले हराएका हुन्। श्रेष्ठले भन्दा ७३ मत कम पाउँदा थापा महाधिवेशन प्रतिनिधि हुन सकेनन्।

शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर ४ बाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरूषतर्फको खुला प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरे।

उनले १७०४ मत पाएका छन्। यस्तै नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनवहादुर थेवेले १५३२, शिवसताक्षी नगर पालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १४६२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

यस्तै पार्टीका झापा जिल्ला सचिवालय सदस्य शिवसताक्षीका राधाकृष्ण खनालले १४००, कनकाई नगरका खेमनाथ मिश्र १३४०, र शिवसताक्षीका भैरवकुमार श्रेष्ठले १३०२ मत पाएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

महिलातर्फ सर्वाधिक मत ल्याएर झापा गाँउपालिकाकी अमृता राई प्रतिनिधि चुनिएकी छन्। उनले २३१४ मत पाएकी हुन्। उनले कुल खसेको मतको ७१।०९ प्रतिशत मत पाएकी हुन्।

यस्तै कनकाई नगरपालिकाकी चम्पादेवी खनालले २२११ र शिवसताक्षीकी इन्दिरा बस्नेत (भरत)ले १९३० मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस