On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा फ्लाइओभर निर्माणको लागि अध्ययन हुने, एक करोड विनियोजन
समाचार

चितवनमा फ्लाइओभर निर्माणको लागि अध्ययन हुने, एक करोड विनियोजन

चितवन।

 

विज्ञापन

सडक विभागले चितवनसहित देशभरका दर्जनभन्दा बढी स्थानमा फ्लाइओभर निर्माणको योजना बनाएको छ । काठमाडौंसहित चितवनका व्यस्त शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएपछि फ्लाइओभरका योजना अघि सारिएको हो ।

विज्ञापन

चितवनमा आगामी वर्ष अध्ययन हुने बताइएको छ । साथै आगामी वर्ष उपत्यका बाहिरका व्यस्त अन्य शहर र राजमार्गहरुमा समेत फ्लाइओभर निर्माणका लागि अध्ययन गर्न ठाउँ पहिचान गर्ने योजना गुणस्तर अनुसन्धान विकास केन्द्रले बनाएको छ । चालु वर्ष उपत्यका बाहिरका फ्लाइओभर योजना सम्बन्धी अध्ययनका लागि करिब एक करोड रुपैयाँ बजेट समेत विनियोजन भएको छ ।

 

 

 

उपत्यकाभित्र चक्रपथको चार स्थानमा फ्लाइओभर निर्माण गर्ने योजना गुणस्तर अनुसन्धान विकास केन्द्रले बनाएको छ । चारवटै फ्लाइओभर चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी १० किलोमिटर)मा निर्माण गर्न लागिएको हो।

ग्वार्को चोक, सातदोबाटो र एकान्तकुना गरी तीन स्थानमा फ्लाइओभर निर्माणका लागि बेसलाइन सर्भे भइसकेको छ । ग्वार्को चोकमा निर्माण हुने फ्लाइओभरको ठेक्का आह्वान नै भइसकेको छ । जसमा ९ वटा कम्पनीले आवेदन दिएका छन् । ’अहिले मूल्याङकन चलिरहेको छ,’ गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताए ।

उनका अनुसार ४५५ मिटर लम्बाइको हुनेछ । चक्रपथको मुख्य दुई लेनमा फ्लाइओभर निर्माण गर्न लागिएको हो । बालकुमारीतिरबाट २८० मिटर उक्लदै फ्लाइओभर निर्माण हुनेछ। जुन बीचमा सडकमाथि निर्माण हुने ३५ मिटरको सिधा पुलमा जोडिनेछ । पुलसँग जोडिन १७५ मिटर सातदोबाटोतिर सडकमाथि विस्तारै उक्लदै संरचना निर्माण हुनेछ । फ्लाइओभरको ग्राउण्ड क्लयरेन्स ६ मिटर हुनेछ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाले बलम्बुमा १२८ मिटरको फ्लाइओभर निर्माण गर्न लागेको छ । पृथ्वी राजमार्गबाट सुरुङमार्गको पोर्टलतिर जानका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो । राजमार्गको सेन्ट्रल दुई लेनबाट उठाएर निर्माण गर्न लागिएको छ । सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनी हाज्मा÷आन्दो कर्पोरेशन लिमिटेडले फ्लाइओभर निर्माण गर्नेछ ।

उक्त आकासेपुल ८ महिनामा तयार गरिसक्ने सक्ने योजना छ। त्यसका लागि अहिले जग्गा अधिग्रहणको काम चलिरहेको नागढुंगा–नौबिसे सुरुङमार्ग योजना प्रमुख नरेशमान शाक्यले बताए । ’फ्लाइओभरको सिमांकनमा पर्ने १२ रोपनी जग्गा र संरचनाहरु अधिग्रहणका लागि प्रक्रिया सुरु गर्न लागेका छौं,’ उनले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस