शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • रिलायन्स लाइफ इन्स्योरेन्सकाे वित्तिय अवस्था यस्ताे रहेकाे पाईयाे..
समाचार

रिलायन्स लाइफ इन्स्योरेन्सकाे वित्तिय अवस्था यस्ताे रहेकाे पाईयाे..

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा कम्पनीले ४ करोड १५ लाख ५६ हजार रुपैयाँ कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा गरेको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ७९ करोड ५८ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

विज्ञापन

कम्पनीको कुल बीमाशुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा भने ६४.८३ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ४८ करोड २८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

विज्ञापन

विवरण अनुसार यस आवमा १६ करोड ७३ लाख ४९ रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम ४३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २६ करोड ३४ लाख ९० हजार रुपैयाँ राखेको छ ।

यता, जीवन बीमा कोषमा ३ अर्ब २ करोड १७ लाख ५ हजार र महाविपत्ती कोष जगेडामा २ करोड ९२ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा रहेको छ । अर्थतन्त्रले लेखेकाे छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस