काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू जहिले पनि राष्ट्रहितका कार्यहरुमा मात्र लाग्ने बताएका छन् । एक टेलिभिजनसंग अन्तर्वार्ता दिंदै नेता रावलले यस्तो बताएका हुन् ।
विज्ञापन
उनले पदका लागि आफूले केही काम नगर्ने उल्लेख गरे । तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेको प्रसंग उल्लेख गर्दै उनले पार्टीको हितविपरित हुने भएका कारण आफू त्यो पार्टीमा नगएको प्रष्ट पारे ।
माधव नेपालको पार्टीमा गएको भए रोजेको पद पाउने थिएँ, पार्टीमा मात्र होइन सरकारमा पनि खोजेको पद पाउँथे । उनले भने ।
उनले विगतका दिनहरुमा आफूले महत्वपूर्ण पद पाउँदा पनि त्यसमा नलागी पार्टीको काममा मात्र लागेको बताए ।
म पार्टीको हितमा लाग्ने मान्छे हो, आफ्नो पार्टी नराम्रोतर्फ जाँदैछ भने अध्यक्ष भन्दैमा चुपचाप लागेर बस्ने कुरा हुँदैन । उनले भने ।
फेसबुक प्रतिक्रियाहरु