शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीको पार्टीले चुनावमा भोट माग्न जाने नैतिकता गुमाईसक्यो : मेटमणि चौधरी
समाचार

केपी ओलीको पार्टीले चुनावमा भोट माग्न जाने नैतिकता गुमाईसक्यो : मेटमणि चौधरी

वुटवल। नेकपा (एकीकृत समाजवादी) नेता मेटमणि चौधरीले कम्युनिस्ट पाटी जोगाउनका लागि विद्रोह आफूहरुले विद्रोह गरेको बताएका छन् ।

नेपालमा हिजो कम्युनिस्ट पार्टी भनेर चिनिएको एमाले पछिल्लो समय ‘ओली कम्पनी’ पार्टीमा रुपान्तरण भएपछि आफुहरुले विद्रोह गरेर नयाँ पाटी दर्ता गरेको उनले बताए बताए ।

विज्ञापन

एकीकृत समाजवादी गुल्मी–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफुहरु एमालेमै रहेर पनि कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी जोगाउने कुनैपनि आधार नभएको दावी गरे ।

विज्ञापन

नेपालमा सवैभन्दा ठुलो र जनताको पार्टीले संविधान मिच्ने, संविधान विपरीत ससंदको दुई–दुई पटक हत्या गर्ने कुनै पनि हालतमा कम्युनिस्ट पार्टी हुन नसक्ने भन्दै प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले भने, ‘अहिले बाहिर जसरी हल्ला गरेर आगामी निर्वाचनमा वहुमत ल्याउछु भन्ने केपी ओली कम्पनीको पार्टीले निर्वाचन के नारा लिएर जनतामा जान्छ हेर्न वाकी रहेको छ ।’

अब ओलीको पार्टीले सविधान मिच्नकै लागि हामीलाई निर्वाचनमा भोट दिनुस भनेर जनतामा जान्छ त उनले प्रश्न गरे । ससंदको हत्या गर्नकै लागि भोट माग्न जाने र ठुलो पार्टी वन्ने केपी ओलीको पार्टीले अब सपना नदेख्न उनले आग्रह गरे ।

ओली कम्पनी पार्टीले चुनावमा भोट माग्न जाने नैतिकता समेत गुमाएको उनले वताए । लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले मुलुकको व्यवस्था जोगाउनका लागि समाजवादी पाटी दर्ता गरेको वताए । उनले नेपालमा अहिले भएको निर्वाचन प्रणाली नहटाएसम्म कुनै पनि दलको वहुमत नआउने वताए । कुनै राजनीति दलको वहुमत नआउने भएकोले निर्वाचन दुई वा दुईभन्दा वढी दलहरु मिल्नुको विकल्प नभएको उनले वताए ।

हिजो संविधान जोगाउन जुन जुन दलहरू मिलेर जोगाउन सफल भयौ तिनै दलहरुको चुनावी तालमेल हुने ठोकुवा गरे । एकीकृत समाजवादी, काँग्रेस, माओवादी लगायतका दलहरू मिलेर कुनै ठाउँमा काँग्रेसका मात्रै, केही ठाउमा माओवादी, केही ठाउमा एकीकृत समाजवादीका मात्रै उम्मेदवार हुने वताए ।

ओलीले झापावाट आफुले हिजो चुनाव जित्न नवलपरासी, प्युठान र धनुषा जिल्लामा सम्झौता गरेको स्मरण गरे । उनले विष्णु पौडेलाई रुपन्देहीवाट चुनाव जितेर देखाउन चुनौती दिए । उनले वालुवाटारको जग्गामा आँखा लगाएजस्तो गरेर अब रुपन्देहीवाट चुनाव जित्ने आधार विष्णु पौडेलको समाप्त भएको दावि समेत गरे ।

गुल्मी–रुपन्देही सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रममा एकीकृत समाजवादी पाटीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङ, प्रदेश सदस्य रमा घर्ती, लुम्बिनी प्रदेश पार्टी कमिटीका नेताहरु, गुल्मी जिल्ला पाटी अध्यक्ष श्रीराम महतले आफ्नो विचार राखेका छन् ।

मञ्चका अध्यक्ष अर्जुन थापाको अध्यक्षता, सचिव वामदेव भण्डारीको सञ्चालन रहेको कार्यक्रममा गुल्मी जिल्लामा जन्मथलो भएर रुपन्देहीमा विभिन्न व्यापार व्यवसाय गर्ने व्यवसायी, विद्यार्थी, कर्मचारी र अस्थायी वसोवास गर्ने गुल्मेलीहरुको सहभागिता रहेको थियो । दृष्टी बाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस