शुक्रबार, कार्तिक ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • “चाडवाडमा सचेत रहनुहोस” : एसपी मल्ल
समाचार

“चाडवाडमा सचेत रहनुहोस” : एसपी मल्ल

डोटी । दशैं तथा तिहार जस्ता चाँडपर्वमा चोरी डकैती जस्ता घटना घट्न सक्ने भएकोले जिल्लाबासीलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय डोटी प्रमुख दानबहादुर मल्लले आग्रह गर्नु भएको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्नको लागि सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्न मल्लले अनुरोध गर्नुभयो । दशै तिहारजस्ता चाडपर्वमा परिवारका सबै सदस्य घर छाडेर जाँदा नजिकका छिमेकी अथवा नजिकको प्रहरी कार्यलयमा जानकारी गराएर जान मल्लले आग्रह गर्नुभयो।

उहाँले चाडपर्वमा जाड रक्सी, जुवा जस्ता क्रियाकलापले हिंसा निम्तिने भएकोले यस्ता क्रियाकलापमा नलाग्न र कही यस्ता क्रियाकलापमा संलग्न भएको जानकारी पाए नजिकैको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिन अपिल गर्नुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान
समाचार
प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान

काठमाडौं। पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीशलाई प्रतिनिधीसभाले महाभियोग लगाउनुपर्नेसम्मको आह्वान गरेको छ। पूर्वन्यायाधीशहरूको संगठन ‘पूर्वन्यायाधीश फोरम, नेपाल’ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यसम्पादनले न्यायिक नेतृत्वप्रति जनमानसमा शंका उत्पन्न भएको टिप्पणी गर्दै महाभियोगसम्म जानुपर्ने संकेत गरेको हो। विज्ञापन ‘सर्वोच्च अदालतद्वारा सर्वोच्च अदालत उपर नै अन्तरिम आदेश जारी हुनु, न्यायिक मान्यताविपरीत त्रुटिपूर्ण अन्तरिम आदेश बेलैमा […]

  • २ घन्टा अगाडि

भर्खरै

सिफारिस