शुक्रबार, कार्तिक ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति
समाचार

प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् ।

प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म बढीभन्दा बढी जिम्मेवारी थपेर पार्टी सदस्यता बढाउने रणनीति बनाएका छन् ।

प्रचण्डले पहिले संगठन विस्तार गर्दै लाने र अन्य शक्तिसँग पनि एकता वा चुनावी गठबन्धनको पहल थालिसकेका छन् । उनले विचार मिल्ने दल र समूहसँग एकता वा गठबन्धनको प्रस्तावहरु सारिसकेका छन् ।

विज्ञापन

एमालेबाट फुटेको नेकपा एससँग नेकपा माओवादी केन्द्रको एकता हुने सम्भावना छ । पूर्वमाओवादीसँग पनि प्रचण्डले एक ठाउँमा आउने गरी कुरा चलाइसकेको खुलाइसकेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द्र विप्लव, गोपाल किराँतीलगायतलाई एक ठाउँमा ल्याउने प्रचण्डको प्रयासबारे खुलासा भइसकेको छ ।

प्रचण्डले चाहेको जस्तो मन मिल्ने कम्युनिस्ट शक्तिसँग एकता भएमा उनलाई चुनावमा बलियो बनाउन सक्छ । पूर्वमाओवादी मात्र एकजुट हुँदा उनीहरुको स्थिति बलियो हुने निश्चित छ । त्यसमाथि पनि नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एस साथमा आउँदा प्रचण्डको पल्लाभारी हुनसक्छ ।

सत्ता गठबन्धनमा महत्वपूर्ण मन्त्रालयसहित रहेकाले पनि माओवादीलाई लाभ पुग्न सक्छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय पाएको छ । शक्ति सञ्चयका लागि यी मन्त्रालय महत्वपूर्ण सावित हुन सक्छन् ।

३१ लाख पार्टी सदस्यता बनाउने, विचार र उद्देश्य मिल्ने शक्तिहरुसँग गठबन्धन मिलाउने रणनीतिका साथ बढेका प्रचण्डले अबको चुनावमा एक नम्बरको दल बन्ने दाबी गरेका छन् । अहिले झट्ट हेर्दा प्रचण्ड कमजोर देखिएका छन् । तर, उनले शक्ति सञ्चय गर्दै बढेका छन् । यसले उनको महत्वाकांक्षी योजनामा साथ दिइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान
समाचार
प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान

काठमाडौं। पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीशलाई प्रतिनिधीसभाले महाभियोग लगाउनुपर्नेसम्मको आह्वान गरेको छ। पूर्वन्यायाधीशहरूको संगठन ‘पूर्वन्यायाधीश फोरम, नेपाल’ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यसम्पादनले न्यायिक नेतृत्वप्रति जनमानसमा शंका उत्पन्न भएको टिप्पणी गर्दै महाभियोगसम्म जानुपर्ने संकेत गरेको हो। विज्ञापन ‘सर्वोच्च अदालतद्वारा सर्वोच्च अदालत उपर नै अन्तरिम आदेश जारी हुनु, न्यायिक मान्यताविपरीत त्रुटिपूर्ण अन्तरिम आदेश बेलैमा […]

  • २ घन्टा अगाडि

भर्खरै

सिफारिस