शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा विकास र समृद्धिको नेतृत्व गर्ने र गरिबी हटाउने पार्टी एमाले मात्र हो : पृथ्वीसुब्बा गुरुङ
समाचार

नेपालमा विकास र समृद्धिको नेतृत्व गर्ने र गरिबी हटाउने पार्टी एमाले मात्र हो : पृथ्वीसुब्बा गुरुङ

काठमाडाैं ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपालले गरेकाे गद्दारीकाे जति आलाेचना गरे पनि कम हुने बताउनु भएकाे छ ।

विज्ञापन

नेकपा एमाले फेदीखाेला गाउँ कमिटी स्याङजाले गरेकाे गाउँपालिकास्तरीय भेलालाई सम्बाेधन गर्दै नेता गुरुङले भन्नुभयाे – ‘माधव नेपालले जति ठूलाे गद्दारी नेपालकाे कम्युनिष्ट आन्दाेलनमा कसैले गरेकाे छैन,उहाँले गरेकाे गद्दारीकाे जति आलाेचना गरेपनि कम हुन्छ ।’

विज्ञापन

विकास र समृद्धिका लागि काम गरिरहेकाे एमाले नेतृत्वकाे सरकार ढाल्न विराेधी तत्वहरु हात धाेएर लागेका र त्यसमा पार्टीभित्रकै लाेभीपापीले साथ दिएका गुरुङले स्मरण गर्नुभयाे । नेपालमा विकास र समृद्धिकाे नेतृत्व गर्ने र गरिबी हटाउने पार्टी नेकपा एमाले मात्र भएकाे नेता गुरुङले बताउनुभयाे ।

आगामी चुनाव नेकपा एमालेका लागि महत्वपूर्ण भएकाले साेहीअनुसार लाग्न नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयाे । विधान महाधिवेशनपछि एमाले झन् बलियाे बनेकाे पनि गुरुङले बताउनुभयाे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस