शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • समुदायलाई सहकारीले उत्पादनसँग जोड्नुपर्छ : अर्थमन्त्री शर्मा
Breaking News

समुदायलाई सहकारीले उत्पादनसँग जोड्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरूले देशको अर्थतन्त्र उठाउन सामुहिक योगदान दिएको बताएका छन्।

बिहीबार काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको स्युचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्ने बताए।

विज्ञापन

‘त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ। सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ’ उनले भने, ‘संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो। संविधानमा व्यवस्था गरिएको कुराहरू अहिले लागू गर्न कठिन भइरहेको छ।’

विज्ञापन

उनले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने बताए। त्यसमा सहकारीको भूमिका रहने उनको भनाई थियो।

मन्त्री शर्माले भने, ‘हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् । सरकारका कार्यक्रमहरूलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस्। यसरी सरकार र सहकारीको तालमेल मिलाउँदै गयौँ भने रोजगारीको संकट समाधान हुन्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस