शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चार पटक निर्वाचन जितेका खतिवडा पहिलोपटक मन्त्री
समाचार

चार पटक निर्वाचन जितेका खतिवडा पहिलोपटक मन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडा चौथो पटक सांसदमा प्रत्यक्ष निर्वाचित भए पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

संसदीय राजनीतिको माहिर खेलाडीको रुपमा हेरिने खतिवडा प्रजातन्त्र पुनर्स्थापनापछि भएका २०४८, २०५१, २०५६ को आमनिर्वाचन जितेका थिए । संविधानसभाको दुवै निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाएन ।

विज्ञापन

२०७४ सालमा भएको प्रतिनिधिसभाका खतिवडाले मकवानपुर २ बाट निर्वाचित भएका हुन् । २०१७ सालमा मकवानपुरमा जन्मिएका खतिवडाले पञ्चायतकालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

विज्ञापन

वाककला नेताको रुपमा रहेका खतिवडा आफ्नो धारणा स्पष्टसँग राख्न सक्ने नेताहरुको चिनिन्छन् ।

नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजित भएसँगै उनी नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् । सो पार्टीको स्थायी कमिटीका सदस्य हुन् ।

कानुनमा स्नातक गरेका खतिवडा २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हुन् ।

खतिवडाको परिवारका सदस्यहरु राष्ट्रिय राजनीतिमा चर्चामा रह्यो । पिता बद्रीप्रसाद शिक्षक आन्दोलनका अगुवा हुन् भने पत्नि मुनु सिग्देल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र वाग्मती प्रदेशसभाकी सांसद हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस