On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देशको रक्षा संसदवादीबाट हुँदैन कम्युनिस्ट शक्तिहरु मिलेर हुन्छ : मोहन वैद्य
समाचार

देशको रक्षा संसदवादीबाट हुँदैन कम्युनिस्ट शक्तिहरु मिलेर हुन्छ : मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नयाँ परिस्थिति स्वीकार गरे राजासँग मिलेर जान सकिने बताएका छन् । राष्ट्रिय स्वाधीनताको निम्ति नयाँ ढंगले राजासँग मिलेर जानुको विकल्प नभएको उनको भनाइ छ ।

‘राजाले अलिकति नयाँ ढंगले सोच्नुपर्छ । अहिले त राजा छैनन् । एउटा शक्ति होला । अब पुरानो हिसाबले होइन । त्यहीँ कम्बोडियामा पनि राजा नरोद्धम सिमानु र कम्युनिस्टहरु मिलेको इतिहास छ । ज्ञानेन्द्रले नरोद्धम सिमानुजस्तै अब नयाँ ढंगले जान्छु भन्ने हो भने स्वीकार्न सकिन्छ । हामी त्यहीँ पूर्वाग्रहमा किन बस्ने? बस्दैनौं नि । नयाँ परिस्थितिअनुसार जानुपर्यो,’ उनले एक टेलिभिजन अन्तर्वार्तामा भने ।

विज्ञापन

देशको स्वाधिनता रक्षाका लागि कम्युनिस्ट र राजा मिलेर जानुपर्ने उनको धारणा छ । ‘साच्चै देशको रक्षा गर्ने हो भने देशको रक्षा संसदवादीबाट हुँदैन कम्युनिस्ट शक्तिहरु मिलेर हुन्छ ।

विज्ञापन

कम्युनिस्ट भनेको अवसरवादी होइन क्रान्तिकारी हो । देशभक्त शक्तिहरु मिलेर जाउ भनेर एक स्टेप अगाडि आए भने अर्को स्टेप के हहो त्यो सल्लाह गरौं । हेरौला । राजावादीहरुले कम्युनिस्ट कामै लाग्दैनन् एकबताद्ध नै हुँदैनन् भन्ने कुरा पनि गलत हो । आजको २१औं शताब्दीमा पुरानै राजतन्त्र भनेर हुँदैन । राष्ट्रिय स्वाधिनताको निम्ति साच्चै राष्ट्रिय स्वाधिनताको निम्ति एक ठाउँमा आउनुपर्यो । लडाइ लड्न एक ठाउँमा आउनुपरयो । अहिलेको आन्दोलनमा कतिपय ठाउँमा एक ठाउँमा आउने स्थिति पनि बनेको छ । यो राम्रो कुरा हो । हामीले पूर्वाग्रह लिँदैनौं,’ उनले भने ।

तर हुबहु पुरानै राजतन्त्र भने सम्भव नहुने वैद्यले बताए । ‘कम्युनिस्टले पनि पुरानै तरिकाले भनेर हुँदैन । नयाँ तरिकाले जानुपर्छ । राजा भन्नासाथ पुरै सामन्तवाद सम्झिन्छन् । सामन्तवाद त यिनीहरु पनि हुन् । राजामात्रै त होइन । यिनीहरु नयाँ सामन्त भइराखेका छन् । राजालाई मात्र भनेर त हुँदैन नि,’ उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस