शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती : बाबुराम भट्टराई
समाचार

ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

विज्ञापन

भट्टराईले नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्त स्टालिन, हिटलर र फासीवाद जन्माउने भएकोले सवैलाई चेतना भया भनेर ट्विट गरेका छन् ।

विज्ञापन

भट्टराई लेख्छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस