शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘एमाले ओलीले फुटाएका हुन्, काँग्रेसले होइन’
समाचार

‘एमाले ओलीले फुटाएका हुन्, काँग्रेसले होइन’

करिब १ महिनादेखि संसद् गतिरोधको अवस्थामा छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् सुचारु हुन सकेको छैन । एमालेलाई विश्वासमा लिन नसक्दा संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुख दुवैको प्रयास असफल भएको छ ।

 

विज्ञापन

सत्तारुढ नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसाल एमाले आफ्नो जिम्मेवारीबाट चुकेको बताउँछिन् । एमालेले आफ्नो निजी स्वार्थमा मुलुकलाई बन्धक बनाउन खोजेको भुसालको आरोप छ । एमालेका १४ जना सांसदमाथिको कारबाहीका सन्दर्भमा एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेर संसद्बाट निकास खोज्नु संविधानसम्मत नभएको काँग्रेस नेतृ भुसालको भनाइ छ ।

विज्ञापन

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर काँग्रेस र माओवादीले एमाले फुटाएको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउँदै आएका छन् । तर, काँग्रेस नेतृ भुसालको तर्क के छ भने एमाले फुटाउनमा काँग्रेसको नभएर स्वयं केपी ओलीकै भूमिका छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस