शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘सबै माओवादीहरु एकै ठाउँमा आऔं भन्नु भन्दापनि सबै पूर्व माओवादी नयाँ ठाउँमा जाऔं भन्नुपर्यो’ : डा. भट्टराई
समाचार

‘सबै माओवादीहरु एकै ठाउँमा आऔं भन्नु भन्दापनि सबै पूर्व माओवादी नयाँ ठाउँमा जाऔं भन्नुपर्यो’ : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न घटकमा रहेका माओवादीहरु के को आधारमा एकता गर्ने भनेर प्रश्न गरेका छन् । उनले आफूले माओवाद नछाडेको स्पष्ट पारे ।

प्रगतिवादी कवि, गीतकार तथा संगितकार दिलीपकुमार श्रेष्ठ ‘कोरस’ रचित सपनाको पाण्डुलिपि विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘साथीहरुले एक ठाउँमा आईदिए हुन्थ्यो भन्ने सदासाहयता राख्नु राम्रो छ । भावनात्मक सम्बन्ध राम्रो छ । भावनात्मक एकतासँगै त्यसलाई ज्ञान र विज्ञानसँगपनि परिणत गर्नुपर्यो । हामी नीति, विचार र सिद्धान्तको आधारमा नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’

विज्ञापन

 

विज्ञापन

उनले सबै पूर्व माओवादीहरु एकै ठाउँमा जाऔं भन्नु भन्दापनि सबै पूर्व माओवादीहरु नयाँ ठाउँमा जाऔं भन्नुपर्नेपनि सुझाव दिए । उनले भने,‘नयाँ ठाउँमा गएपछि मात्रै त्यसले यो देशको मात्रै नभएर विश्व मानव जातिको लागि योगदान गर्न सक्छ ।’

 

उनले एमाले र कांग्रेसलाई यथास्थितिवादी दलको संज्ञा दिए । आफूहरुले २०६४ मा राम्रो मत पाएको भएपनि पछि तालमेल मिलाउन नसक्दा पछि परेको सुनाए । उनले केपी शर्मा ओलीको प्रतिगमन परास्त गरेपनि त्यो पूरै परास्त नभएको जिकिर गरे । उनले भने,‘प्रतिगमनको पहिलो संस्करण त परास्त गर्यौं । दोस्रो संस्करण फेरि नयाँ ढंगले आउँदैछ । अर्ली ईलेक्शनको नाउँमा कांग्रेस र एमालेलाई अगाडि ल्याउने र बाँकी पछिल्ला आन्दोलनकारी शक्तिलाई परास्त गर्ने षड्यन्त्र हुँदैछ ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस