शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीसँग टसल परेपछि सात जनाभित्र पनि परेनन् भीम रावल
समाचार

ओलीसँग टसल परेपछि सात जनाभित्र पनि परेनन् भीम रावल

काठमाडौं ।  नेकपा एमालेको सहअध्यक्ष बन्ने दाबी गरिएका भीम रावल सात जना सदस्यमा समेत अटाउन सकेनन् । एमालेको विधान महाधिवेशन सुरु भएपछि रावल सात जना सदस्यमा अटाउने चर्चा थियो ।

तर विधान महाधिवेशन सुरू भएपछि घोषणा गरिएका नामहरूमा रावलको नाम थिएन । विधान महाधिवेशनको अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।

विज्ञापन

युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिएका छन् भने स्थायी कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिएका छन् । नेकपा माओवादी केन्द्र छोडेर आएपछि स्थायी कमिटी सदस्य बनाइएका रामबहादुर थापा पनि समेटिएका छन् । तर, उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा समेटिएका छैनन् ।

विज्ञापन

माधव नेपाल समूह छोडेर एमालेमा बसेपछि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।

तर, अध्यक्ष ओलीले भने आफूले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइसकेको भन्दै उनको जिम्मेवारी फिर्ता नहुने बताएका छन् ।

माधव नेपालको टिम छोडर एमालेका बसेका १० स्थायी कमिटी सदस्यहरुलाई अघिल्लो केन्द्रीय कमिटी बैठकले गठन गरेका समूहहरुमा पनि नेतृत्व दिइएको थिएन ।

पछिल्लो समय रावलको अध्यक्ष ओलीसंग टसल परेको चर्चा चल्ने गरेको छ । १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै रावल रुष्ट बनेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस