शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • टोपबहादुर र प्रभु माओवादीमै फर्कने मूडमा
समाचार

टोपबहादुर र प्रभु माओवादीमै फर्कने मूडमा

काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट देखिएका छैनन् । केही नेताहरु ओलीसँग विलय भएका छन् भने केही नेताहरु भने एमालेसँग नै अन्तरसंघर्ष गर्ने तयारीमा देखिएका छन् ।

यतिबेला माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट र रामबहादुर थापा बादल पूर्णरुपमा नै एमालेमा लागेका छन् तर प्रभु शाह, मणि थापा टोपबहादुर रायमाझीलगायतका नेताहरु भने ओलीसंग खासै सन्तुष्ट देखिएका छैनन् ।

विज्ञापन

एमालेमा आएर पनि असन्तुष्ट रहेका नेताहरु फेरी माओवादीमा नै फर्किने चर्चा चल्न थालेको पनि छ । पछिल्लो समय उनीहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तो बनाएको छ ।

विज्ञापन

एमालेमा आएका नेताहरु पदका कारण विचलित हुने अवस्था देखिन थालेको छ । एमालेमा आफूहरुले भनेको अनुसार भएन भने उनीहरु एमाले छोड्न सक्ने स्रोत बताउँछ ।

पछिल्लो समय प्रभु शाह ओलीसँग सन्तुष्ट रहेका छैनन् । उनले एमालेमा आफ्ना छुट्टै मागहरु प्रस्तुत गर्न खोजिरहेका छन् तर त्यसका लागि ओली भने तयार देखिएका छैनन् ।

एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा पुगेका बेला साहले भने विधान महाधिवेशन रोकेर माओवादी समेत समेटेर एकता महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन् । त्यही तर्कका आधारमा ८ वटा माग राखेका हुन् । त्यसको खास मक्सद चाहिं एमालेका स्थायी कमिटी सदस्यको बार्गेनिङ रहेको बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस