शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘लिम्पियाधुरा-कालापानी र सुस्ताबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्छ’ : केपी ओली
समाचार

‘लिम्पियाधुरा-कालापानी र सुस्ताबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्छ’ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउनुपर्ने दोहोर्‍याएका छन्।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउनुपर्ने बताएका हुन्।

विज्ञापन

उनले सम्बोधनका क्रममा भारतसँग रहेको अर्बौँको व्यापार घाटा पनि कम गर्दै जानुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

ओलीले भारतले गरेको नाकाबन्दीका क्रममा आफ्नो सरकारले चीनसँग पारवाहनसहित १५ वटा सम्झौता गरेर एकातिर मात्रै निर्भर हुने बाध्यता हटाएको पनि स्मरण गरे।

‘भारतसँगको व्यपारा घाटा कम गर्दै लैजानुको विकल्प छैन’, उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी तथा सुस्ता क्षेत्रको अतिक्रमणमा नेपालको चासो छ। त्यसलाई फिर्ता ल्याउनुपर्छ।’

उनले भारतसँग रहेका समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा पनि जोड दिएका छन्।

‘दुई देशबीचका समस्यालाई जिम्मेवार कूटनीतिक पहलबाट समाधान गरिनुपर्छ’, उनले भने, ‘कामी सबै छिमेकीसँग समान सम्बन्ध राख्छौँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस