शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गोदावरीमा ८ हजार एमाले नेतालाई खाना, खसी र कुखुराको मासु पनि
समाचार

गोदावरीमा ८ हजार एमाले नेतालाई खाना, खसी र कुखुराको मासु पनि

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन पुगेका प्रतिनिधिहरुलाई होटल ए वान प्यालेसले खानाको व्यवस्था गरेको छ । प्रतिस्पर्धाको आधारमा ए वानले एमालेका प्रतिनिधिलाई खाना खुवाउने जिम्मेवारी पाएको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

विहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय भएकाले २६ वटा काउन्टरबाट व्यवस्थित ढंगले खानाको व्यवस्थापन भएको ए वानका सञ्चालक राकेश श्रेष्ठले  बताए । त्यसका लागि ३ सय जना कर्मचारी खटिएको उनले जानकारी दिए ।

विज्ञापन

दिउँसो एक छाक खाना खुवाउने जिम्मा पाएको ए वानले दालभात, तरकारी, खसी र कुखुराको मासुलगायतका व्यञ्जनको व्यवस्था गरेको छ । स्वस्थ र सफा खाना खुवाउने चेन पार्टी प्यालेस तथा होटलका रुपमा स्थापित ए वानका काठमाडौं उपत्यकामा मात्र २० वटा शाखा रहेको उनले बताए ।

विज्ञापन

ए वान होटल,ए वान पार्टी प्यालेस र ए वान रेष्टुरेन्ट सन्चालन गर्ने टिममा रामेछापका युवा व्यवसायी छन् । २ घण्टाभित्र खाना खुवाइ सक्ने गरी ८ हजार जनासम्मलाई पुग्ने परिकार तयार पारिएको श्रेष्ठले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस