शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • संसद विघटन ओलीको गल्ती, पार्टी विभाजन माधव नेपालको : रघुजी पन्त
समाचार

संसद विघटन ओलीको गल्ती, पार्टी विभाजन माधव नेपालको : रघुजी पन्त

काठमाडौं ।

नेकपा एमालेका नेता रघुजी पन्त भन्छन् , पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै विश्वास गर्ने नेताहरुमध्ये पर्छन् । कुनै समय माधवकुमारलाई साथ दिएका पन्तले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाउँदा भने साथ दिएनन् ।

विज्ञापन

धेरैका लागि यो आश्चर्यजनक थियो । पन्तका अनुसार नेता नेपालले नयाँ पार्टीमा आउन मात्र होइन, महासचिवको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर उनी पार्टी विभाजनको पक्षमा उभिन तयार भएनन्, बरु अहिलेसम्म आफूले साथ दिएका नेता नेपालसँग अलग हुने निर्णय लिए ।

विज्ञापन

‘कहिलेकाहीँ एक्लै सोंच्छु, माधव नेपाललाई साथ नदिएर ठीक गरेँ कि बेठीक रु माधवसँग उभिनुपर्थ्यो कि पर्थेन रु’ नेता पन्त भन्छन्, ‘तर उभिइनँ ।’

राजनीतिको यो यात्रामा साथ नदिएपनि सदाकालका लागि माधव नेपालसँग छुट्टिएकै भनेर बुझ्न नहुने उनले बताए । पन्त भन्छन्, ‘यो पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । माधव नेपाल, झलनाथ खनाल र वामदेवहरुलाई ल्याउनुपर्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस