शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कर्णालीको मुख्यमन्त्रीबाट राजीनामा दिने तयारीमा महेन्द्रबहादुर शाही
समाचार

कर्णालीको मुख्यमन्त्रीबाट राजीनामा दिने तयारीमा महेन्द्रबहादुर शाही

काठमाडौं। 

दसैँमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री उपहार पाउने भएका छन् । पूर्वसम्झौता अनुसार सत्तारूढ गठबन्धनले दसैँमा कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ।

विज्ञापन

कर्णालीमा यसअघि नै मुख्यमन्त्री फेरिने चर्चा भएपनि सके दसैँअघि नभए दसैँलगत्तै शाही मुख्यमन्त्री बनाउन गठबन्धनमै सहमति भएको स्रोतले जनाएको छ । नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी समेत गरेको स्रोतको दाबी छ ।

विज्ञापन

उनको राजीनामापछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्नेछन् । गत वैशाखमा कांग्रेस र माओवादीबीच ६ महीनापछि मुख्यमन्त्री शाहीले राजीनामा दिने सहमति भएको बताइएको छ । वैशाखमा भएको सहमति अनुसार नै माओवादीले प्रदेश सरकारको नेतृत्व छोड्ने र नेपाली कांग्रेसलाई दिने भएको बताइएको छ।

कांग्रेसका एक नेताले पनि कर्णालीमा मुख्यमन्त्री फेर्ने तयारी भैरहेको स्वीकार गरे । मुख्यमन्त्री शाही निकट स्रोतले पनि सके दसैँ अगाडी नभए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी भएको बताउँछ।

एक नेताका अनुसार कार्तिक भित्रमा कर्णालीको मुख्यमन्त्री परिवर्तन हुने पक्का भैसकेको र अहिलेका मुख्यमन्त्रीले राजीनामा दिएँ तयारी गरिरहेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस