On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • झण्डै तीन महिनासम्म पनि भेटिइनन् भरतपुरबाट हराएकी गैँडाकोटकी बिना, फर्किने आशामा परिवार
समाचार

झण्डै तीन महिनासम्म पनि भेटिइनन् भरतपुरबाट हराएकी गैँडाकोटकी बिना, फर्किने आशामा परिवार

चितवन।

गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोकबाट हराएकी २१ वर्षीय बिना सापकोटालाई अहिलेसम्म भेट्न सकिएको छैन ।

विज्ञापन

छोरीको झझल्को र यादले बिक्षिप्त बनेका बुबा जयश्वर सापकोटा र आमा रिता सापकोटा अझै पनि छोरी फर्कने आशमा नै छन् । उनीहरुले रितालाई देशका विभिन्न ठाउँमा सकेसम्म खोजे तर भेट्न सकेनन् । बुबा जयेश्वर सापकोटाले नारायणी अनलाइनलाई भने, ‘देशभरका सबै ठाउँमा आफन्तहरु मार्फत् खोजी सक्यौं । तर, कतै भेटिएको छैन । अझै पनि पर्खन्छन् कि भन्ने त लाग्छ ।’ उनले आमा रिता सापकोटा छोरीको पीरले निकै बिक्षिप्त बनेर अहिले बल्ल अलीअली उठेर काम गर्न थालेको बताए । उनले भने, ‘ आमा रिता अहिले बल्लबल्ल अलीअली उठेर काम गर्न थालेकी छन् । नातीसँग भुल्दा अलीअली घटना बिर्सने प्रयास गर्दैै छन् ।’ कतै बेवारिसे लाश भेट्दा पनि कतै छोरी कैको होकि भनेर उनीहरुको मुुटु धड्किन्छ । हालसालै रजहरमा भेटिएको बेवारिसे शवलाई डीएनए परीक्षणका लागि काठमाडौँ पठाएको बुबा जयश्वरले बताए ।

असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा भरतपुरको चौबिसकोठीबाट बेपत्ता भएकी थिइन् । उनको प्रेमी प्रवेश कँडेलले बिनालाई गैँडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर उनी प्रवेशसँग गएकी थिइन् । अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको परिवारले बताउँदै आएको थियो ।

भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि बिनाको प्रेम सम्बन्ध रहेको थियो । दुई वर्षपछि विवाह गर्ने भन्ने चर्चा परिवारमा चलेको थियो । बुबा सापकोटाले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका थिए । प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले यस घटनामा सबै अनुसन्धान सकेर अदालतमा पेस गरेको थियो । अहिले चितवन जिल्ला अदालतले घटनाका मुख्य आरोपी प्रवेश कँडेललाई तारेखमा छाडेको छ । चितवन प्रहरी प्रवक्ता सूर्य थापाले अहिलेसम्म बिना सापकोटा नभेटिएको बताए । उनले भने, ‘हामीले सबै अध्ययन सकेर घटना अदालतमा गएको हो । अहिले के भइरहेको छ । हामीलाई थाहा छैन ।’

२१ वर्षीया बिना गैँडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् । हराउनु अघि बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी थिइन् । प्रवेशले पनि फेसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका थिए । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट थियो तर बेलायत फर्कनु अगाडि चितवन प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको थियो ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका थिए । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका थिए । साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर बुबा जयश्वरलाई आएको थियो । युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका थिए । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका थिए । जयश्वर र प्रवेशले राति २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए । अध्ययनकै क्रममा बिना फटाफट हिड्दै पुलचोकतिर गएको नारायणगढको सीसी क्यामरा फुटेजमा देखिएको थियो । असोज १४ गते उनी हराएको तीन महिना पुग्छ । अहिलेसम्म बिनाको अत्तोपत्तो नहुँदा बिनाका बुबाआमा कि लाश त कि श्वासको खोजीमा झनै पीडामा दिन कटाइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस