शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • हाम्रो चिन्ता लोकतन्त्र जोगाउने र जनताको सेवा गर्ने हो : माधव नेपाल
समाचार

हाम्रो चिन्ता लोकतन्त्र जोगाउने र जनताको सेवा गर्ने हो : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् ।

शनिबार मकवानपुरको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी पार्टी छिट्टै सरकारमा सहभागी हुने बताएका हुन् ।

विज्ञापन

अध्यक्ष नेपालले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने पनि बताए । ‘नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो,’ उनले भने ।

विज्ञापन

अध्यक्ष नेपालले गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने पनि बताए । ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामूहिक रूपमा सरकार चलाउन चाहन्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ,’ अध्यक्ष नेपालले भने ।

उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको पनि दाबी गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस