शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • चितवनको अम्ब्रेला स्ट्रिट असोजको दोस्रो साताबाट खोल्ने तयारी
चितवन विशेष

चितवनको अम्ब्रेला स्ट्रिट असोजको दोस्रो साताबाट खोल्ने तयारी

चितवन।

कोरोनाका कारण बन्द गरिएको भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीस्थित अम्ब्रेला स्ट्रिट असोजको दोस्रो साताबाट खोल्ने तयारी गरिएको छ। निषेधाज्ञा खुकुलो भएसंँगै देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेपछि अम्ब्रेला स्ट्रिट पनि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

विज्ञापन

कोरोना माहामारीका कारण रोकिएको र हाल स्थिति सामान्य हुँदै गएपछि आन्तरिक पर्यटकहरुलाई घुम्न तथा मनोरञ्जन दिलाउने उद्धेश्यसहित साथ पुनः संचालनको तयारी गरिएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ।

विज्ञापन

चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने पटिहानीमा संचालित अम्ब्रेला स्ट्रिट केही समयअघि देखि कोभिड–१९ तथा यसका नयाँ भेरियण्टहरुको कारण बन्द गरिएको थियो। संक्रमणको जोखिम कम भएपनि सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भरतपुर महानगरले सञ्चालन गर्न आदेश दिएको छ।

घुम्न आउन चाहने बाह्य तथा आन्तरिक पर्यटककको लागि अम्ब्रेला स्ट्रिट चाडैँ संचालनमा ल्याउन लागिएको भरतपुर महानगरका राजस्व बिभाग प्रमुख बिसुराम कुँवरले बताए। अम्ब्रेला स्ट्रिट सञ्चालनको छोटो समयमै पर्यटककको आकर्षण बढेकाले राजस्व संकलनमा पनि निकै महत्वपुर्ण भुमिका खेलेको कुंँवरले जानकारी दिए।

महानगरको निणर्य अनुसार असोज १ गते देखि नै संचालनमा ल्याउनु पर्नेमा प्राविधिक कारण हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाई छ। कुँवरका अनुसार स्ट्रीटमा केही मर्मत-संभार, रंग रोगन गर्नुपर्ने र केही सामाग्री काठमाडौंबाट ल्याउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन समय लागेको हो। महानगरलाई स्थानीयको साथ र सहयोग रहँदै आएको भन्दै उनले सञ्चालनमा आएपछि रोजगारी अभिवृद्धि हुनुका साथै यस वरपरका होटल, रेष्टुरेण्टमा पनि चहलपहल बढ्ने बताए।

भरतपुर- २२ का वडा अध्यक्ष बिष्णुराज महतोले अधिकांश छाता पुरानो र फेर्नु पर्ने भएको र छाता आउन समय लागेकोले सञ्चालनमा समय लागेको बताए। रंग लगाउने काम सुरु भैसकेकोले महानगरको निर्देशन बमोजिम केहि दिनमै अम्ब्रेला स्ट्रीट सन्चालनमा आउने वडा सचिव नवराज खनालले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस