शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत एकीकरण गर्ने तयारी
समाचार

नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत एकीकरण गर्ने तयारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत)​ बीच पार्टी एकीकरण गर्ने छलफल अघि बढेको छ।

पार्टी एकताका लागि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष राईलाईइ प्रस्ताव राखिसकेको स्रोतले दाबी गरेको छ।

विज्ञापन

एमालेभित्र अध्यक्ष्य केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालनिकट मानिने विद्यार्थी नेता राईले निर्वाचन आयोगमा दर्ता गराएको पार्टी हो– नेकपा एकीकृत।

विज्ञापन

त्यो दल त्यतिबेला नेपाल समूहकै नेताहरूकाे सल्लाहमा दर्ता गरिएको भनिएको थियो।

आफ्नो साथ छाडेर एमालेमै बसेका १० नेताकै सल्लाहमा नेकपा एकीकृतलगायतका पार्टी दर्ता गरिएको भनेर नेता नेपालले भन्ने पनि गरेका छन्।

नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत जीवन राईलाई पार्टीमा समाहित गर्ने विषयमा छलफल चलेको स्रोतको दाबी छ।

संखुवासभा घर भएका राई अनेरास्ववियुबाट उदाएका नेता हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस