शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसी लागु हुनु भनेको आगोको भुङ्ग्रोमा पस्नु हो : विप्लव
समाचार

एमसीसी लागु हुनु भनेको आगोको भुङ्ग्रोमा पस्नु हो : विप्लव

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’एमसीसी लागु भए देश आगोको भ्रुम्रोमा पस्ने बताएका छन्। अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई पोखरामा बुधबार सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसीसँगै अमेरिकी साम्राज्यवाद आउने बताए।

 

विज्ञापन

एमसीसी लागु भए जनताको ठूलो प्रतिरोध झेल्नु पर्ने बताउँदै महासचिव चन्दले एमसीसी त जल्छ जल्छ त्योसँगै एमसीसी बोक्ने पार्टी पनि जल्ने बताए। एमसीसी राष्ट्र र राष्ट्रियताको पक्षमा नभएको उनले बताए। एमसीसी गलत सम्झौता भएको बताउँदै उनले राष्ट्रको हितमा नरहेको दोहोर्‍याए। जनताको सहमति बिना, सबै राजनीतिक पार्टीहरुको सहमति बिना एमसीसी लाद्न नपाइने उनले बताए। एमसीसीको बारेमा बहस छलफल गर्न उनले अनुरोध गरे।

विज्ञापन

 

यस्ता सम्झौता हुँदा नेताहरु राष्ट्रियताको हितलाई नहेरी कमिसनमा पर्ने बताउँदै कमिसनको खेलमा परेर राष्ट्रको हितविपरितको सम्झौतामा नफस्न उनले सचिवहरुलाई पनि अनुरोध गरे। जनताको जागरणलाई लेखकहरुले कलमद्धारा घुमाउन खोजेको बताउँदै जनताको जागरणलाई मोड्ने काम नगर्न महासचिव विप्लवले अनुरोध गरेका छन्। एनसेलको अरवौं उठाउन नसक्नु प्रति उनले सरकारको असफलता रहेको बताए। पार्टीहरु कमिसनको लोभमा परेर राष्ट्रहित विपरित सम्झौता गर्ने गरेको बताउँदै जनताले त्यसको प्रतिरोध गर्ने बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस