शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा एमालेसँग मात्र समृद्ध नेपालको परिकल्पना छ : केपी ओली
समाचार

नेकपा एमालेसँग मात्र समृद्ध नेपालको परिकल्पना छ : केपी ओली

गुलरिया । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेसँग मात्र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना भएको बताएका छन्। नेकपा एमाले जिल्ला कमिटि बर्दियाले सदरमुकाम गुलरियामा आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँगै परिकल्पना साकार पार्ने योजना समेत रहेको बताए।

समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न एमालेसँग दृष्टिकोण, चिन्तन, नीति, कार्यक्रम रहेकाले एमालेले मात्र साकार पार्न सक्ने दावी गरे। लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरी नक्सा छाप्न सफल भएको बताए।

विज्ञापन

भारतसँग नेपाली भूमि फिर्ता गर्न बार्ता गरेको, छिमेकीसँग सन्तुलित ढंगले सम्बन्ध बढाएको, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उठाएको हुनाले सबै नेपालीको दृष्टि आशावादी रहेको प्रष्टाए। अगुवा कार्यकर्ता भेलामा जिल्ला भरीका नेता कार्यकर्ता सहभागी थिए।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस