शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वमाओवादीहरु प्रचण्ड कडा भएकाले पेट पाल्न एमालेमा आएका हुन् : घनश्याम भुसाल
समाचार

पूर्वमाओवादीहरु प्रचण्ड कडा भएकाले पेट पाल्न एमालेमा आएका हुन् : घनश्याम भुसाल

काठमाडौँ।

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले रामबहादुर थापा ‘बादल’ पेट पाल्नकै लागि ओली समूहमा लागेको टिप्पणी गरेका छन्। अन्तिमसम्म मझधारमा उभिएर फुटपछि ओलीतिर उभिएका थापाप्रति भुसालले यस्तो टिप्पणी गरेका हुन्।

विज्ञापन

‘एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने बादलजी एक महिनापछि पापी पेट पाल्नका लागि सबै कुरा बिर्सेर उतै लाग्नुभो’ भुसालले भने।

विज्ञापन

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी सोच र अहंकारका कारण प्रतिनिधिसभा विघटन गरिएको बताए। संविधानको कुनै पनि धारामा वहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको भन्दै उनले विघटनले संविधानमाथि प्रहार भएको टिप्पणी गरे।

‘अदालतले नै संविधानको बर्खिलाप फैसला ग¥यो भने यो संविधान कसले मान्छ ?’ उनले भने, ‘त्यसपछि संविधान, प्रधानमन्त्री, सर्वोच्च, न्यायाधीश, निर्वाचन आयोग कसैलाई मान्ने कुरा हुन्न। जनताले अर्को संविधान बनाउँछन्।’

कार्यकर्ता भेलामा नेता वामदेव क्षेत्रीले, ओली सामूहिक निर्णय नमान्ने, वैठकबाट भाग्ने र स्वेच्छाचारी ढंगले अघि बढेकाले पार्टीभित्र समस्या आएको बताए। नेताहरुले ओलीले देशलाई प्रतिगमनको भूमरिमा फसाएको भन्दै आलोचना गरेका हुन्। https://compaqnews.com/ बाट साभार गरिएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस