शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा (एस) विस्तारै खिइदै जान्छ : नेता पाण्डे
समाचार

नेकपा (एस) विस्तारै खिइदै जान्छ : नेता पाण्डे

चितवन ।

नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजबादी विस्तारै खिइदै जाने बताएका छन् ।

विज्ञापन

चितवनको रत्ननगरमा बुधवार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले देशभरी करिब १० प्रतिशत मात्र हैसियनमा देखिएको समाजबादी विस्तारै खिइदै जाने बताएका हुन । “समाजबादी विस्तारै खिइदै,सकिदै,सकिदै जान्छ” उनले भने “त्यसका लागि समाजबादी तर्फ लागेका मान्छेहरु प्रति एमालेका नेता तथा कार्यकर्ता सकारात्मक हुन जरुरी छ” ।

विज्ञापन

 

पार्टी छाडेकाहरु प्रति नकारात्मक हुनु नहुने भन्दै नेता पाण्डेले उनीहरुलाई विस्तारै विस्तारै मुल पार्टीमा तान्ने प्रयास गर्न जरुरी छ । पार्टी छाडेर अर्को पार्टीमा लागेकाहरुलाई विस्तारै तान्दै गएपछि नेता सकिन्छन र समाजबादी खिइदै जान्छ र अन्तिममा सकिन्छ । नेता पाण्डेले चितवनका नेता कृष्णप्रसाद खनालले विभाजनको बाटोमा लागेर गलत गरेको बताए ।

 

“कृष्ण खनालले केही मान्छेहरु लिएर जानु भयो” नेता पाण्डेले भने “उहाँलाई मैले अन्तिम सम्म पनि त्यो बाटो लाग्न हुदैन भनेर सम्भाएको थिए तर उहाँ थाहै नदिई जानु भयो” । नेता पाण्डेले विभाजनको बाटो लागेर पार्टी छोडेका चितवनका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्किन आग्रह गरे । पार्टी छाडेका सबै नेता कार्यकर्ता एमालेमै फर्किनुको विकल्प नरहेको भन्दै नेता पाण्डेले आत्मिमा आउने ठाउँ मुल घरमै हो ।

 

नेकपा एमालेले रत्ननगर १५ वडा कमिटीले आयोजना गरेको सो कार्यक्रममा जिल्ला कमिटी सचिव प्रकास खनाल शैलेस,प्रदेश कमिटी सदस्य प्रेमनाथ दुवाडी,नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेताहरु रामप्रसाद पाण्डे,सरोज तिमिल्सिना,लीलादेबी पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

 

वडा कमिटी अध्यक्ष आसिक तामाङको अध्यक्षतमा भएको कार्यक्रममा रामकृष्ण खड्का,रुकमाया परियार,रामबहादुर लामा,नेत्रमान लामा,डम्मर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । कृष्ण पन्तले सञ्चालन गरेको कार्यक्रममा चन्द्रप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस