On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • नारायणी नदीमा जल पर्यटनको सम्भावना प्रचुर,बजेटमा परेपछि चितवनबासी उत्साहित
पत्रपत्रिका

नारायणी नदीमा जल पर्यटनको सम्भावना प्रचुर,बजेटमा परेपछि चितवनबासी उत्साहित

चितवन ।

वन र वन्यजन्तुमा आधारित पर्यटनको मात्रै विकास भएको चितवनमा ‘जल पर्यटन’ विकासको सम्भावना राम्रो देखिएको छ । नारायणी नदी र त्यस वरपरको क्षेत्रलाई समेटेर ‘टुर प्याकेज’ बनाउन सकिएमा चितवनले जल पर्यटनमा फड्को मार्ने विज्ञहरूले औँल्याएका छन् । “यति सुन्दर नारायणी अहिले त्यसै बगेर खेर गइरहेको छ । यसलाई सदुपयोग गर्न सकिने हो भने मात्रै पनि जल पर्यटनको विकास गर्न सकिन्छ,” पर्यटनविज्ञ विश्व सुवेदीले भन्नुभयो । देवघाटबाट त्रिवेणी ३५ किलोमिटरको जलयात्राको दूरी हो । यो पूरा गर्दैगर्दा बीचमा भेटिने वन, वन्यजन्तु र जलचर यसका आकर्षण हुन् ।

विज्ञापन

 

विज्ञापन

 

 

“देवघाट र त्रिवेणीलाई जलमार्गबाटै जोडेर धार्मिक पर्यटन तथा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी दुर्घटनास्थल दासढुङ्गा र भण्डारीको शव भेटिएको स्थान गाँजीपुरलाई जलमार्गले जोड्ने गरी ऐतिहासक पर्यटनको विकास गर्न नारायणी नदीमा जल पर्यटनको विकास हुन जरुरी छ,” उहाँले भन्नुभयो । बागमती प्रदेश सभाका सदस्य विजय सुवेदीको नारायणी नदीमा जल यातायातको विकास गर्नसके चितवनमा जल पर्यटनको विकास हुने धारणा छ । सुवेदीले भन्नुभयो, “दासढुङ्गादेखि त्रिवेणीसम्म नारायणी नदीको बीचमा भेटिने थुम्काको पूर्वाधार विकास गर्नसक्ने हो भने जल पर्यटन थप प्रभावकारी हुनेछ । ”
नारायणीमा जल यातायातका लागि नारायणगढमा हाल केही मोटरबोट सञ्चालनमा छन् र भरतपुरको शिवघाटमा क्रुज सञ्चालनको तयारी भइरहेको छ । यतिले मात्रै जल पर्यटनको विकासका लागि पर्याप्त नहुने सुवेदीको तर्क छ । कमसेकम पर्यटकलाई आकर्षण गर्नेगरी नदी तटीय क्षेत्रको विकासका लागि योजना बन्नुपर्छ । नारायणी नदी तटीय क्षेत्रमा चितवन र नवलपरासीतर्फ पर्ने वन क्षेत्र र त्यसमा रहेका वन्यजन्तु तथा चराचुरुङ्गी र सरिसृपलाई पनि जल पर्यटनको प्रवद्र्धनमा लगाउन सकिन्छ ।

 

नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके नारायणीमा जल यातायातसहितको पर्यटन विकास गर्दैगर्दा नारायणी आसपासका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुहुन्छ ।

 

 

 

“नारायणी नदीको आसपास रहेका गणेश धाम, मौलाकालिका मन्दिर र सीजी टेम्पललाई समेटेर प्याकेज गराउन जरुरी छ । यसका लागि निजी क्षेत्रको सहभागिता जरुरी देखिन्छ,” उहाँले भन्नुभयो । चितवनमा जलयात्रामा आधारित पर्यटनको विकास गर्ने हो भने चितवन आउने पर्यटकको सङ्ख्या र उनीहरूको बसाइसमेत बढाउन सकिने भनाइ विज्ञ सुवेदीको छ ।

 

 

सामान्य अवस्थामा अहिले चितवन घुम्न आउने पर्यटकको औसत बसाइ दुईरतीन दिन हो तर नयाँ गन्तव्यको विकास गर्न सकिने हो भने यो लम्ब्याउन सकिने देखिन्छ । यस्तै चितवन घुम्न आउने नेपाली पर्यटकले अहिले औसत आठ हजार रुपियाँ र विदेशीले १५ हजार रुपियाँसम्म खर्च गरिरहेका छन् । जल पर्यटनको विकास गर्न सकिएमा पर्यटकको बसाइ लम्बिनेसँगै उनीहरूले गर्ने खर्चसमेत वृृद्धि हुने व्यवसायीहरूको भनाइ छ ।

 

 

 

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा दासढुङ्गा–मेघौली जल पर्यटन कार्यक्रम समेटिएको छ । प्रदेश सभाका सदस्य सुवेदी यही बजेटबाटै नदी किनार वरपरका क्षेत्रलाई समेट्ने गरी निजी क्षेत्रसमेतको सहभागितामा जल पर्यटनसम्बन्धी योजना बनाउन सजिलो हुने बताउनुहुन्छ ।

वसन्त पराजुली/ गोरखापत्र दैनिकबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस